यी हुन् स्तनपान सम्बन्धि ५ झुट, यस्तो छ वास्तविकता

काठमाडौं, साउन २३ । संसारभरीको १ सय २० देशमा १ देखि ७ अगस्टमा विश्व स्तनपान दिवस मनाइन्छ । यी दिनमा महिलालाई स्तनपानसम्बन्धि विभिन्न जानकारी दिइन्छ र तर अहिले पनि स्तनपान सम्बन्धि विभिन्न झुटा कुरा फैलिएका छन् जसको सही जानकारी हुन निकै आवश्यक छ । मेदान्त दी मेडिसिटी, गुडगांवकी स्त्रीरोग विशेषज्ञ डा. सभ्यता गुप्ताले स्तनपान सम्बन्धि यस्ता ५ झुट र यसको वास्तविकताबारे जानकारी दिएकी छिन् ।

१. झुटः

यदि स्तनको आकार सानो छ भने बच्चाका लागि पर्याप्त दुध आउँदैन ।

वास्तविकताः

स्तनपानका लागि स्तनको आकारले कुनै भूमिका खेल्दैन । यदि आमा स्वस्थ छिन् भने बच्चालाई खुवाउनका लागि पर्याप्त दुध आउने गर्दछ ।

२. झुट

स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।

वास्तविकताः

यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले स्तन क्यान्सरको खतराबाट जोगाउँछ । साथै बच्चा स्वस्थ पनि हुने गर्दछ ।

३. झुटः

बच्चालाई स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।

वास्तविकताः

स्तनपान गराउादा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।

४. झुटः

आमाको स्वास्थ्य खराब छ भने बच्चालाई स्तनपान गराउनु हुँदैन।

वास्तविकताः

आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिनेछ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।

५. झुटः

पाउडर दुध आमाको दुधभन्दा राम्रो हुन्छ ।

वास्तविकताः

आमाको दुधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ जो फर्मुला मिल्कभन्दा धेरै फाइदाजनक हुन्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *