प्रदेश प्रमुख सबैले शपथ खाँदा मनाङगे आएनन्

पोखरा माघ ७ । प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बावुराम कुवँरले पदवहाली संगै प्रदेशका सदस्य मध्येका जेष्ठ सदस्यलाई पद तथा गोपनियतको सपथ गराएका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि प्रदेश प्रमुख पोखरा आएर पदभारग्रहण संग सपथग्रहण गराएका हुन् । प्रदेश प्रमुख कुवँरले प्रदेश सभासदस्यहरु मध्येबाट सवै भन्दा जेष्ठ सदस्य एमालेबाट नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पर्ने २ ‘ख’बाट निवार्चित ६७ वर्षका जनकलाल श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सहिदचोकस्थित क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ ।
कार्यभार सम्हाल्न पुगेका कुँवरलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामी ग्रहणपछि प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सकारी कार्यालयका प्रमुख, प्रशानिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । पदभार ग्रहणपछि प्रमुख कुँवरले ४ नम्बर प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन भूमिका खेल्ने बताए।
प्रदेश ४ अन्तर्गत प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना सदस्य छन् ।
राजिब गुरुङ सांसदको सपथ खान आएनन्
प्रदेश नम्वर ४ को मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी राजिब गुरुङ (दीपक मनाङ्गे) सपथ कार्यक्रमा उपस्थित भएनन् । एमालेको समर्थनमा स्वतन्त्र रुपमा विजयी भएका राजिब प्रहरीको खोजी सुचिमा परे पछि सपथका लागि नआएका हुन् । सर्वोच्च अदालतले अपराधी ठहर गरी ५ बर्ष कैद सजाएँ सुनाएका कारण उनी सपथमा सहभागी नभएका हुन्। अदालती काजगात निर्वाचन आयोगमा नपुगेका भन्दै सपथका लागि क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गुरुङलाई बोलाएको थियो ।
तर,अदालतको फैसला अनुसार ५ वर्षको जेल सजाय सुनाएको भुक्तान गर्न बाकी रहेको भन्दै समाचार आए पछि उनी प्रहरीको खोजीमा रहेका कारण पक्राउ पर्ने डरले उपस्थित भएन्। सपथका ग्रहणको लागि गुरुङ पोखरा आएलगत्तै पक्राउ गर्ने तयारीमा प्रहरी बसेको थियो ।








