‘नमुना नेपाल’ योजना आज कैलालीको अत्तरियाबाट सुरु

विष्णु जोशी, धनगढी । नेपालका चर्चित हास्य कलाकार धुर्मुसु–सुन्तलीले प्रदेश नम्बर ७ बाट ‘नमुना नेपाल’ योजना को आज कैलालीको अत्तरियाबाट सुरुवात गरेका छन् । फाउण्डेसनले अत्तरिया चौकमा आज बिहान सरसफाई गरेको थियो ।

सरसफाई कार्यक्रममा बैङ्क अफ काठमाण्डौका ब्राण्ड एम्बेसर तथा चर्चित हास्य कलाकार सीताराम कट्टेल , शुरवीर पण्डित , पल्पसा डंगोल लगायत बैङ्कका कर्मचारी, गोदावरी नगरपालिकाका मेयर, उपमेयर सहित अन्य पदाधिकारीहरू, सुरक्षा निकायका प्रतिनिधि, लगायत स्थानियहरुको उच्च सहभागितामा रहेको थियो ।

नेपाल सरकारका सरसफाइ राजदूत कलाकार र समाजसेवी धुर्मुसले सकारात्मक सोचका साथ आफू लागि परेको र सरसफाइ अभियान सुरु गर्न सुदूरपश्चिम पुगेको बताए । उहाँले साहस गरे देश बन्न धेरै लामो समय नलाग्ने दाबी गर्नु भयो । अत्तरियाबाट सुरु भएको सरसफाई अभियान टिकापुर, कोहलपुर, तुलसीपुर, बर्दघाट हुँदै काठमाडौँमा पुगेर समापन गरिने टोलीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *