मोदीले देश र जनतालाई जुवाको खालमा राखिरहेका छन्

एजेन्सी । भूटान, भारत र चीनबीच विवादित सीमा क्षेत्र डोकलामबाट भारतीय सैनिक नहटाएपछि चीनले सैनिक अपरेशन गर्ने भएको छ । भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले जनाए अनुसार डोकलामबाट भारतीय सैनिक हटाउन चीनले सानो सैनिक अभियानको तयारी गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित एउटा आलेखको आधारमा द इण्डियन्स एक्सप्रेसले यो दावी गरेको हो । लेखमा चिनियाँ विशेषज्ञहरुलाई उधृत गर्दै भनिएको छ–चीन भारतसँगको गतिरोध लामो समयसम्म लम्ब्याउन दिने छैन । दुई हप्ताभित्र डोकलाम क्षेत्रबाट भारतीय सैनिक हटाउनका लागि एउटा सानो सैनिक अपरेशन हुन सक्छ ।

डोकलाम क्षेत्रमा भारत र चीनबीच झण्डै डेढ महिनादेखि तनाव कायम छ । भुटानको सहयोग गर्न भन्दै भारतीय सेना चिनियाँ सीमा क्षेत्रमा प्रवेश गरेपछि यो तनाव बढेको हो । ग्लोबल टाइम्सले लेखेको छ, मोदी हाम्रा लागि हार्ड लाइन स्ट्यान्ड अपनाएर भाग्यमाथि जुवा हेलिरहेका छन् । यसले भारत चीन युद्धको बाटोमा अग्रसर बनाइरहेको छ । मोदीलाई पिपुल्स लिबरेशन आर्मीको जबरजस्त शक्तिको अन्दाजा हुनुपर्छ, जुन डोकलाममा भारतीय सेनालाई कुल्चने क्षमता राख्दछ ।

ग्लोबल टाइम्सको सम्पादकीयमा भनिएको छ, भारतले यस्तो मुलुकलाई चुनौति दिएको छ जो शक्तिका हिसावमा उ भन्दा कयौ गुणा अगाडि छ । यो एउटा यस्तो युद्ध हुनेछ, जसको नतिजा सबैलाई थाहा छ । भारतको यो लापरबाहीले चीनलाई आश्चर्यमा पारेको छ । नरेन्द्र मोदीको सरकारलाई पीएलएको जबरजस्त शक्तिको अन्दाजा हुनुपर्ने हो । भारतीय सेनाको चीनको फिल्ड फोर्सेससँग कुनै प्रतिस्पर्धा छैन । यदि युद्ध सुरु भयो भने पीएलए बोर्डर क्षेत्रबाट भारतीय सेनालाई लखेट्ने क्षमता राख्दछ ।

लेखमा भनिएको छ, मोदी सरकारको यो कडा शैलीले न त कानुनमा टिकेको छ न त उसको शक्तिमा । यो सरकारको लापरबाहीबाट अन्तर्राष्ट्रिय कानुन तोडिरहेको छ र भारतको राष्ट्रिय गौरव र शान्तिपूर्ण विकासलाई मुस्किलमा पारिरहेको छ । यो क्षेत्रीय सुरक्षाका लागि निकै गैर जिम्मेवारीपूर्ण कदम हो । भारतको भाग्य र जनतामाथि जुवा खेलिरहेको छ । यदि मोदी सरकार रोकिँदैन भने देशलाई यस्तो युद्धमा धकेल्नेछ, जुन भारतको नियन्त्रणमा हुनेछैन । भारत दक्षिण एसियामा चीनलाई त्यसरी धक्काउन सक्दैन, जसरी अरुलाई धम्काइरहेको छ ।

ग्लोबल टाइम्सले लेखेको छ, पीएलए युद्धका लागि तयार थियो । तर, उ शान्ति चाहन्छ, त्यसैले आफूलाई संयमित राखेको छ । हामी शान्तिलाई एउटा मौका दिन चाहन्छौ र यो पनि चाहन्छौ कि भारतले यो गम्भीर परिस्थितिको पहिचान गरोस् । पीएलएले पछिल्लो महिना आक्रमण गरेन, जब भारतीय सेनाले चिनियाँ क्षेत्रमा घुसपैठ ग-यो । मोदी सरकार चीनको संयमतालाई कमजोरीका रुपमा लिइरहेको छ, यो उसको लापरबाहीले उसैलाई बर्बादी तिर लानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *