अध्ययन गर्न भारत जाने विधाथीहरूलार्इ क्याम्ब्रिजद्वारा विदार्इ

साउन २२, मकालु खबर । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले एसईई र प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको विभिन्न स्थानमा जाने विद्यार्थीहरूलाई काँकरभिट्टामा एक कार्यक्रमकाबीच बिदाइ गरेको छ । कार्यक्रमका सहभागी अभिभावकहरूले आफ्ना छोराछोरी उच्च शिक्षा अध्ययन गर्न भारत पठाउनु रहर नभएर बाध्यता भएको बताएका थिए ।

नेपालमा विभिन्न प्राविधिक विषय पढाइ भएपनि यहाँ महँगो शुल्क तिर्नुपर्ने, विभिन्न राजनीतिक दलको बन्द, हड्तालका कारण पढाइ पूरा नहुने जस्ता बाध्यताले आफ्ना छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि भारत पठाउनु परेको अभिभावकहरूले गुनासो गरेका थिए ।

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका बिर्तामोड शाखा प्रमुख निश्चल सिंखडाको अध्यक्षतामा आयोजित कार्यक्रममा भारत चण्डीगढको आइइटी भदल टेक्निकल क्याम्पस, सिमलाको एपीगोयल सिमला युनिभर्सिटी, ग्रीनहिल इञ्जिनियरीङ कलेजमा होटेल मेनेजमेन्ट बिएस्सी एजी, कम्प्युटर साइन्स इञ्जिनियरीङ, मेकानिकल इञ्जिनियरीङ, सिभिल इञ्जिनियरीङ, अटो मोवाइल्स इञ्जिनियरीङ लगायतका विषय अध्ययन गर्न जाने विद्यार्थीहरूलाई बिदाइ गरिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले, आफूहरूले भारतमा अध्ययन गरेको विषयलाई नेपालमा आएर व्यवहारमा उतार्ने बताएका थिए । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले देशका विभिन्न ठाउँमा आयोजना गरेको शैक्षिक मेला तथा सेमिनारबाट शैक्षिक परामर्श प्राप्त गरेका विद्यार्थीहरूलाई छात्रवृत्तिसहित ती कलेजहरुमा भर्ना गरिएको बताइएको छ । झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, सप्तरी, सङ्खुवासभा लगायतका स्थानबाट आएका विद्यार्थीहरूलाई बिदाइ गरिएको संस्थाका दमक शाखा प्रमुख निसान सिंखडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *