चौधरीको अपहरणमा संलग्न २ जना पक्राउ

साउन २२, मकालु खबर । प्रहरीले बालक विशाल चौधरीको अपहरणमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।महानगरिय प्रहरी अपराध महाशाखा टेकुले सनिबार पत्रकार सम्मेलन गरी बालक अपहरणमा संलग्न रामेछापका राजु विक र विष्णु पाण्डेलाई सार्वजनिक गरेको हो ।

विकलाई रामेछापबाट र पाण्डेलाई उदयपुरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आर्थिक उद्देश्यका साथ बालक अपहरण गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । काठमाण्डौको असनमा व्यापार गर्दै आएका बिजय चौधरीका ५ बर्षिय छोरा विशाल साउन १२ गते पकनाजोलस्थित सरस्वती बोर्डिङ सेकेण्डरी स्कुल गेटबाट अपहरणमा परेका थिए ।

उनलाई अपराध महाशाखाको अनुसन्धान टोलिले १६ गते विहान काडाघारीबाट सकुसल उद्धार गरेको थियो । बालक फेला पर्नु अघि अहरणकारीले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैया फिरौति मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *