कुटपीट गरी पत्नीको हत्या

 पाल्पा, साउन २१ । पाल्पाको पूर्वखोला गाउँपालिका–५ पोखरीछाप बस्ने ३५ वर्षीया सुकमाया परियारको उनकै पतिको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको छ ।

उनकै पति ४० वर्षीय कैलाश परियारले घरायसी विवादको कारण कुटपिट गर्दा सुकमायाको मृत्यु भएको खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले कैलाशलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *