सेयर साप्ताहिकः नेप्सेमा वृद्धि, कारोबारमा सामान्य कमी

काठमाडौं, साउन २१ । यो साता सेयर बजार परिसूचक नेप्सेमा वृद्धि आयो भने कारोबारमा सामान्य कमी आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले बढेर अन्तिम दिन १६ सय ६० अंकमा पुग्यो । यो साता बिमाबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो ।

होटल समूहमा सबैभन्दा उच्च १ सय ६२ अंकको वृद्धि आयो भने बिमा समूहमा १ सय ४१ अंकको गरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीहरुको पाँच अर्ब २५ करोड २४ लाख रुपैयाँ बराबरका एक करोड पाँच लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ७० कम्पनीहरुको पाँच अर्ब ५३ करोड १८ लाख रुपैयाँ बराबरका ९० लाख ५८ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ५ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा नेपाल ग्रामीण विकास बैंक, कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्यालु फन्ड १ र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *