विकट गाउँमा भाइरल ज्वरो, स्वास्थ्यकर्मी प्रभावित गाउँमा

२०७४ जेठ १५ गते

“
सर्लाही, साउन २१ । सर्लाहीको विकट क्षेत्रमा पर्ने नारायणखोलामा भाइरल ज्वरोको संक्रमण फैलिएको छ । बर्षा सूरु भएसँगै फैलिएको भाइरल ज्वरोले एकै घरका ४÷५ जनासम्म बिरामी भएका नारायणखोला– ९ डाइनी खोलाका दीप सागर दोङ्गले जानकारी दिनुभयो ।
रामीहरुमा उच्च ज्वरो आउने, निरन्तर रुखाखोकी लाग्ने, कमजोरी महसुस हुने जस्ता लक्षण देखा परेको छ । स्वास्थ्य चौकी नारायणखोलाका इन्चार्ज राज भाइ बाइजुले भाइरल ज्वरो प्रभावित डाइनी क्षेत्रमा औषधी सहितको स्वास्थ्यकर्मी पुगेका जानकारी दिनुभएको छ । स्वास्थ्य चौकीमा औषधीको अभाव नरहेको बाइजुले बताउनुभयो ।
खोलाको बाटो बाढीले बिगारेकाले सिकिस्त बिरामीलाई उपचारका लागि लालबन्दी बजार ल्याउन समस्या भइरहेको छ । अहिलेसम्म सडक पुग्न नसकेको नारायणखोलामा लखन्देही खोलाको बगरबाट बजार आउनुपर्ने बाध्यता छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित