प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक

काठमाडौं, साउन २१ । अमेरिकन रेडक्रशको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटीले प्राथमिक उपचार मोबाइल एप्लिकेशन एप सार्वजनिक गरेको छ । एपमा एलर्जी÷एनाफिलाक्सिस्क, दमको रोग, रक्तश्राप, हाड भाँचिएको, पोलाइ, मधुमेह, घाँटीमा केही अड्किँदा कसरी व्यवस्थापन गर्ने, तनाव, टाउको लगायत शरीरका अन्य भागमा लागेका सामान्य चोटपटक, अत्याधिक कठ्यांग्रिँदा कसरी जोगिने, छारेरोग, मेनिन्जाइटिस, बेहोस, मस्तिष्कघात, डसेका अथवा टोकेको घाउलगायतका विषय समेत समेटिएका छन् ।

भूकम्प, आगलागी, बाढी, फ्लुका प्रकोप, तातो हावा, डढेलोजस्ता तत्काल विपद्को समयमा आकस्मिक रुपमा कसरी आफूलाई सामना तथा प्रतिरोध गर्नसक्ने बनाउने भन्ने विषयमापनि सो एप्लिकेशनमा जानकारी रहेको छ । प्राथमिक उपचार नेपाल रेडक्रश एप्लिकेशन डाउनलोड गरेपछि बिना इन्टरनेट पनि पढ्न, हेर्ने र सुन्न सकिने सोसाइटीले जनाएको छ । घरघरमा प्राथमिक उपचार, यसको ज्ञान र सीप प्रवद्र्धन गर्न नेपाली भाषामा एप्लिकेशन तयार गरिएको नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *