हात्तिले देखाउने दात्त सरह बागमती सफाइ अभियान बन्दै

रोशन पोखरेल
बागमती सफाइ अभियानका नाममा थालिएको कामले २०० हप्ता नाघिसकेको छ । यो अभियान २०७० जेठ ५ गते सुरु भएको थियो । त्यसयता प्रत्येक शनिबार बागमती सफाइ गरिँदै आएको छ तर बागमतीको अवस्था भने जस्ताको तस्तै छ । यसमा अझ के रोचक छ भने फोहोरको प्रकृति २०० हप्ता नाघिसक्दा समेत जस्ताको तस्तै छ ।
सरसफाइ आफैंमा जीवनसँग जोडिएको विषय हो तर यति लामो समयको अभियान चलिरहदा समेत बाग्मती जस्ताको तस्तै रहनुले कतै यो अभियान काम भन्दा पनि बढी हल्लामा विश्वास गर्नेमा परिणत भएको हो कि भन्ने शंका उत्पन्न भएको छ । सरकार आफैं लागेको यस अभियानमा समेत धोबीखोला र हनुमन्तेले ढल बोकी रहेका छन् जून बागमतीमै आएर मिसीने गर्दछ ।
सफार्इ अभियानका क्रममा प्लास्टिकजन्य पदार्थ नै बढी भेटिने गरेको छ जून मान्छेले नै फालेका हुन्छन् । बागमतीमा फोहोर फ्याँके बापत जरिवाना गरिने बताइएको छ तर हाल सम्म एउटा व्यक्ति पनि कारबाहीमा परेको सुनिएको छैन । जसले समेत यो अभियान हात्तिले देखाउने दात्त मात्र हो कि भन्ने आकलन गर्न थालिएको छ ।









