नागरिककर्मी पौडेललाई खड्काको धम्की

काठमाडौं, साउन २० । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाइ करियर सिध्याइदिने धम्की दिएका छन् ।

आयल निगमको जग्गा खरिदमा करोडौँ रुपैयाँ अनियमितताको समाचार खुलासा गरेकोमा आक्रोस पोख्दै खड्काले पत्रकार पौडेललाइ ‘तपाइँको पनि परिवार छन् बिचार गर्नुहोस्’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको पौडेलले जानकारी दिए ।

शुक्रबार समाचार संकलनको क्रममा सिंहदरबारस्थित आपुर्ति मन्त्रालय पुगेका पौडेललाइ खड्काले मन्त्रालयमै धम्की दिएका थिए । पौडेलले साउन २ गतेको नागरिक र रिपब्लिका दैनिकमा निगमको जग्गा खरिदमा ६७ करोड घोटाला भएको समाचार लेखेका थिए ।

समाचार लेखेकै आधारमा जिम्मेवार सरकारी पदमा आशिन ब्यक्तिबाट पत्रकारमाथी भएको धम्कीप्रति नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका अध्यक्ष अशोक दाहालले जारी गरेको विज्ञप्तिमा पत्रकार पौडेलमाथिको धम्कीप्रति गम्भीर आपत्ति प्रकट गर्दै खड्कालाइ तत्कालै कारवाहि गर्न सम्बद्ध सरकारी निकायसँग माग गरिएको छ । पत्रकारको अभिब्यक्ति स्वतन्त्रता र ब्यक्तिगत सुरक्षाको पहल गरिदिन सरकार, पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगसँग रिपब्लिका शाखाले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *