कैलालीको पूर्वी क्षेत्रमा वर्षा, ५२ घर विस्थापित

कैलाली, साउन २० । हिजो साझबाट अविरल वर्षासंगै आएको बाढी कारण कैलाली डुवानमा परेको छ । कर्णाली नदीमा बाढीको सतह खतरा भन्दा माथि पुगेको छ भने पथरैया नदीबाट बाढी पसेपछि टीकापुर नगरपालिकाको वडानम्ब। ६ को भर्तापुर गाउका ५२ घर विस्थापित भएका छन् ।

टीकापुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले थथरैया नदीको सतह बढेर पानी भर्तापुर गाउका ५२ घर परिवार उचो ठाउ रहेको भगवानपुरतिर र केही भर्तापुर प्राविमा सरेको जानकारी गराउनु भयो । कैलालीको पश्चिम भन्दा पूर्वी क्षेत्रमा बढी पानी परेकाले यहाका कर्णाली र पथरैया नदीमा बाढीको सतहले खतराको तह नाघेको हो । यसले गर्दा कर्णाली नदी आसपासका दुर्गौली, टीकापुर, नारायणपुर, धनसिंहपुर क्षेत्रमा डुवानको समस्या देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *