ओखलढुगांमा नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने

ओखलढुगां, साउन २० । ओखलढुगांमा जनप्रतिनिधिको प्रथम जिल्ला सभाको बैठकले नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने प्रस्ताब पारित गरेको छ । हिजो बसेको जिल्ला सभाको बैठकले सोे प्रस्ताब पारित गरेको हो । संबिधानको धारा २ सय २० को उपधारा ३ ले निर्बाचन सकिएको ३० दिनभित्र जिल्ला सभाको बैठक बस्ने र जिल्ला समन्वय समितिको संख्या तोक्नुपर्ने ब्यबस्था गरेको छ ।

सोही ब्यबस्था अनुरुप ओखलढुगांका ८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६ सदस्य रहेको जिल्ला सभाले सर्बसम्मत रुपमा संख्या पारित गरेको जिल्ला समन्वय समितिका स्थानीय बिकास अधिकारी यमलाल अधिकारीले बताउनुभयो ।

जिल्ला सभाबाट पारित गरेको संख्या स्थानीय बिकास अधिकारीबाट प्रमाणित भएको २५ दिनभित्र निर्बाचन भएपछि जिल्ला समन्वय समिति पुरा हुने कानुनी प्राबधान रहेको छ । ओखलढुगांमा ३ जना महिला, १ जना दलित वा अल्पसंख्यक, १ जना प्रमुख, १ जना उपप्रमुख, र अन्य तीन जनाको जिल्ला समन्वय समिति हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *