सिरियाली सेनाको हवाई आक्रमणमा ३६ सर्वसाधारण मारिए

काठमाडौं, माघ २६ । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ सर्वसाधारणको मृत्यु भएको छ।  सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका हुन्।

युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन्।  ‘सिरियन अब्जरभेटरी फर ह्युमन राईट्स’ले कम्तिमा ६ ठाउँमा हवाई आक्रमण भएको जानकारी दिएको छ।

बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला रहेका छन्। गत सोमबारदेखि अहिलेसम्म १ सय ८५ जना आम नागरिक मारिएको बेलायतमा कार्यालय रहेको उक्त मानव अधिकारवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =