नेइमार पिएसजीमा १० नम्बर जर्सीमा देखिदै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । नेइमार  २२ करोड २० लाख युरोमा पिएसजी गएका हुन् ।

पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् । उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् । शुक्रबारदेखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् ।

विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउने छन् । यसको अर्थ २५ वर्षका नेइमारले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने छन् ।

पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । अनुबन्धित भएसँगै नेइमारले आफू युरोपकै एक महत्वपूणै क्लबमा आएको बताएका थिए । ‘पिएसजीको महत्वपूर्ण योजनाहरुले म आकर्षित भएको हुँ, म आजैदेखि जस्तोसुकै चुनौती सामना गर्न तयार छु’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *