कैलालीको भासु भिरमा पहिरो: सवारी अलपत्र

कैलाली, साउन २० । लगातारको बर्षाका कारण पहिरो जाँदा कैलालीको भासु भिर भएर पहाड आउने भिमदत्त राजमार्ग प्रभावित भएको छ । तराईदेखि पहाड चड्ने र पहाडबाट तराई झर्ने दर्जनौं सवारीे अलपत्र परेका छन् ।

हिजो राति ११ बजे सडकमै पहिरो खसेपछि सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले बाटो प्रभावित अवरुद्ध हँुदा पहाडी जिल्ला डोटी, डडेल्ढुरा, बैतडी, बझाङ, अछाम र दार्चुला जाने सवारी अलपत्र परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *