ताप्लेजुङ जिसस सभापतिमा मादेन निर्वाचित

ताप्लेजुङ, साउन १९ । जिल्ला समन्वय समिति ताप्लेजुङमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । आज भएको निर्वाचनबाट समितिको प्रमुखमा नेकपा एमाले ताप्लेजुङ सचिवालय सदस्य घनेन्द्र मादेन विजयी हुन भएको हो ।

त्यस्तै उप–प्रमुखमा एमालेकै देविमाया नेपालीले निर्वाचित हुनभएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहिबार भएको मतदानमा एमालेका विजयी मादेनले १२ मत ल्याउनुभएकोे हो । उहाँका प्रतिपक्षि नेपाली काग्रेसका उम्मेदवार सुरेन्द्र ईवारामले ६ मत मात्र प्राप्त गर्नु भएको छ । त्यस्तै उप–सभापतिमा एमालेका देविमायाँ नेपालीले १० मत ल्याएर विजयी हुन भएको छ ।

उहाँका प्रतिद्धन्दी नेपाली काग्रेसकी गीता सेन्दाङले ८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले जानकारी दिनुभयो । नेकपा एमालेका तर्फबाट सदस्यमा उम्मेदवार बनेका कमला दमाई, कृष्णकुमारी गुरुङ, गौरीमाया लिम्बु, रामकुमारी लिम्बु, चिरेन्द्रकुमार लाबुङ, पुण्यप्रसाद खतिवडा, लक्ष्मण लिम्बु र निमातेन्जी शेर्पा लगायत सबैले १०÷१० मत प्राप्त गरि विजयी हुनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *