ग्याङ फाइटमा तीन घाइते, एक जनाको अवस्था गम्भीर
२०७४ जेठ १५ गते

काठमाडौं, माघ १४ । काठमाडौंको बालाजुमा शनिबार राति भएको ग्याङ फाइटमा तीन जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिवार राति मदिरा सेवन गरेपछि काठमाडौंको बालाजु चोकमा झगडा भएको थियो । ग्याङफाइटमा परी सुरज थापा, मानबहादुर घले र सुवास लामिछाने घाइते भएका छन् । थापाको अवस्था गम्भीर रहेको र बालाजुकै पिपुल्स अस्पतालमा अपचार भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी विश्वराज खड्काले जानकारी दिए । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








