नेइमार विरूद बार्सिलोनाका समर्थकद्वारा विरोध प्रदर्शन

एजेन्सी । १० महिना अगाडि ५ वर्षका लागि क्लबसँग सम्झौता नवीकरण गरेर फ्रेञ्च क्लबमा आवद्ध भएको भन्दै नेइमारको स्थानान्तरणलाई बार्सिलोनाका समर्थकले विश्वासघातको रुपमा अथ्र्याएका छन् । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आवद्ध हुन बुधबार पोर्चुगलको पोर्टो उडेपछि नेइमारको अहिले क्याटलान शहरमा ठूलो विरोध भएको छ । उनलाई क्याटलानवासीले धोकेवाजको संज्ञा दिएका छन् ।

नेइमारले बार्सिलोना छोडेको समाचार सार्वजनिक भएपछि चोक तथा गल्लीमा उनको विरोधमा पम्प्लेट टाँसिएको छ । पम्प्लेटमा लेखिएको छ, ‘आवश्यकताः विश्वासघाती र ज्यालादारी कामदार’

नेइमारका लागि पिएसजीले २६ अर्ब ६४ करोड रुपैयाँ तिर्न राजी भएपछि उनी बुधबार मेडिकल चेक अपका लागि पोर्टो उडेका थिए । शुक्रबार उनी पेरिस पुगेर सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *