महतोका सामु सबै निरिह मधेशवादी दलका नेता

काठमाडौं । ये सब क्या हो रहा है रु मिटिङका मतलब क्या होता है ? कुना पसेर फोनमा कल्याङमल्याङ गदै थिए राजेन्द्र महतो । उनको यस्तो ताल देखेर रिसाए महन्थ ठाकुर ।

हम मिटिङसे डिसिजन ले रहे है, आप डिसिजन बता रहे है राजेन्द्र कार्यकर्तासँग फोनमा गफिइरहेका थिए । अर्थात, उनी आन्दोलन तयारीका लागि निर्देशन दिँदै थिए । तमलोपा कार्यालयमा गत साताको बैठकको दृश्य हो यो । सरकारले तेस्रो चरणको निर्वाचन मिति घोषणा गरेपछि जेठ २८ गते त्यसबारे धारणा तय गर्ने एजेन्डा थियो ।
तर, राजेन्द्र बैठक अघि नै आन्दोलनकी तयारी किजिए, अब दुसरी बात कुछ नही होगा भनेर फोनमा बोल्दा बैठकमा सहभागी नेताहरु छक्क परे । महन्थले पहिला बैठक सकियोस्, आन्दोलनकै निर्णय पनि बैठकबाट गर्ने अनि कार्यकर्तालाई निर्देशन दिनेु भनेको कुराको राजेन्द्रले तत्कालै प्रतिवाद गरे, आन्दोलन नगर्ने भए यो बैठक किन बस्नुपरेको त बरु आन्दोलनमै जाने हो । मैले भनिसकेँ । आजको जनआस्था साप्ताहिकमा यो खबर छ ।








