स्वाइन फ्लु रोगको संक्रमणबाट बढ्दै

काठमाडौं, साउन १९ । स्वाइन फ्लु रोगको संक्रमणबाट बढ्दै गएको छ । राजधानीमा स्वाइन फ्लुबाट तीन जनाको र झापामा २ जनाको मृत्यु भएको छ । झापा, बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो ।

उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनीषा अग्रवाल छिन् । उनीहरूको स्वाइन फ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्याङ्जामा ६ जना स्वायन फ्लुको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *