चलचित्र ‘धनपति’ यूकेमा प्रदर्शन हुने

काठमाडौं, साउन १९ ।  वर्ष २०७४ मा सुखद व्यापार गरेको पहिलो चलचित्र ‘धनपति’ अब यूकेमा पनि पदर्शन हुने भएको छ ।

यूकेका सबै शहरहरुमा प्रदर्शन गर्ने अनुमती पाएको ३२ बक्सका अनुसार फोल्कस्टोनस्थित टावर थ्रिएटरमा २०१७ जुलाई ३०, अल्डरसटस्थित द एम्पायर हलमा २०१७ अगस्ट १८ र लण्डन सपारी सिनेमा हलमा २०१७ अगस्ट २० मा फिल्म ‘धनपति’ रिलिज हुनेछ । अल यूके फिल्म ‘धनपति’ प्रदर्शन गर्न ३२ बक्सलाई जी नाइनले सहयोग गरेको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछानेको लेखन छ । खगेन्द्र नै प्रमुख भूमिकामा रहेको चलचित्रमा खगेन्द्र लामिछासँगै सुरक्षा पन्त, आशान्त शर्मा, हरिहर शर्मा, मनिष निरौला, सुरभी बर्तौला, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *