किन पुगे राजदूत पुरी बालकोट ?

काठमाडौं, साउन १९ ।  ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन् , आजको अन्नपूर्ण पोस्टमा खबर छ । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूतावासमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई उपस्थित भइदिन राजदूत पुरीले विशेष आग्रह गरेका थिए । किड्नी प्रत्यारोपणपछि विदेशमन्त्री स्वराज नेपाल आउन लागेकी हुन् भने एमाले अध्यक्ष ओलीको पनि किड्नी प्रत्यारोपण गरिएको छ ।

स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई जोड गर्नुले भारत एमालेसँग सम्बन्ध सुधारमा लागेको हुन सक्ने जानकारहरूको बुझाइ छ ।’पोखरामा भएको सार्क विदेशमन्त्रीस्तरीय बैठक, त्यसअघि दिल्लीमा ओली र स्वराजबीच लामो छलफल भएको थियो’, एमालेका एक नेताले भने, ‘ओलीलाई बुझ्ने भएकाले भारतले स्वराजलाई काठमाडौं पठाएको हो कि भन्ने पनि देखिन्छ ।

‘ संविधानसभाबाट संविधान जारी गर्न ‘केही दिन पर्खिदिन’ आफ्ना दूतमार्फत पठाएको सन्देश एमाले अध्यक्ष ओलीले स्वीकार नगरेको भन्दै भारतको सत्तापक्ष (प्रधानमन्त्री नरेन्द्र मोदी) ओलीसँग रिसाएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ । संविधान जारीपछि भारतले ६ महिनासम्म नाकाबन्दी लगाएको थियो भने ओली सरकारलाई ‘अपदस्थ गर्न’ भारतले भूमिका खेलेको भन्दै ओली पनि रिसाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *