जहाँ महिलाले ब्रा र पेन्टी नै लगाउन पाउँदैनन्

एजेन्सी । अहिलेको दुनियामा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर, विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरू निकै तल्लो स्तरको जीवन बाँच्न बाध्य छन् र उनीहरूको स्वतन्त्रता छिनिएको छ ।

न त उनीहरूलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरूले भित्री बस्त्र लगाउन नपाउने कानुन निश्चय पनि गरिब तथा पिछडिएका कुनै देशहरूमा होला भन्ने लख काट्नुभयो होला । तर होइन । दुनियाको सबैभन्दा धनी तथा विकसित र शक्तिशाली देश अमेरिकामै यस्तो कानुन रहेछ ।

अमेरिकाको मिसौरी राज्यमा यस्तो कानुन छ, जसले महिलाहरूलाई भित्री बस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानुनले महिलाहरूलाई भित्री बस्त्र लगाउन रोक लगाएको छ । यदि कानुनको उल्लंघन गरेमा सख्त कारबाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानुन मिसौरीमा लागू छ ।

महिलाहरूलाई भित्री बस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री बस्त्र लगाउँदा महिलाहरू आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ ।

अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरूले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनै पनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानुन पनि त्यहाँ छ । सायद यो कुनै निस्प्रभावी कानुन हुनसक्छ । किनकि अहिलेका महिलाहरूले भित्री बस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =