भारतीय फिल्ममा चर्चित हिरो हिरोइन बिहेको पार्टीमा नाच्छन्, कसले कति पैसा लिन्छन् ?

 काठमाडौं, साउन १८ । बलिउडका चर्चित अभिनेता-अभिनेत्री फिल्ममा अभिनय मात्रै गर्दैनन् । ‘हाइ क्लास’ बिहे पार्टीमा नाच्ने पनि गर्छन् । यो लिस्टमा शाहरुख खान, सलमान खानदेखि सनी लियोन र सोनाक्षी सिन्हासम्म पर्छन् । उनीहरू बिहे पार्टीमा नाचेबापत महँगो शुल्क लिन्छन् । एउटा पार्टीमा नाचेबापत लिने पारिश्रमिक सेलेब्रिटीअनुसार फरकफरक छन् ।

सबैभन्दा महँगा छन्, शाहरुख खान । उनले बिहे पार्टीमा नाचेबापत ३ करोड भारु लिन्छन् । शाहरुखभन्दा सलमानको रेट निकै नै कम छ । सलमान २ करोडमै आफ्नो प्रस्तुति देखाउँछन् । अभिनेत्री प्रियंका चोपडाको माग सलमानको भन्दा बढी हुन्छ । प्रियंका २ करोड ५० लाख रुपैयाँ लिन्छिन् ।

उत्कृष्ट नाच प्रस्तुत गर्ने अभिनेताद्वय अक्षयकुमार र ऋतिक रोशन दुवैको पारिश्रमिक बराबर छ । उनीहरू पनि बिहे पार्टीमा नाचेबापत २ करोड ५० लाख रुपैयाँ लिन्छन् । भारतमा चर्चामा रहेकी अभिनेत्री सनी लियोनको रेट भने निकै कम छ । उनी २५ लाखमै यस्ता पार्टीमा नाचिदिन्छिन् । सनी र सोनाक्षी सिन्हाको रेट समान छ । अर्की अभिनेत्री मलाइका अरोराले भने ३५ लाख लिने गरेकी छिन् ।

बलिउडमा निकै राम्रो नाच्ने पछिल्ला अभिनेतामा पर्छन्, रणवीर कपुर र रणवीर सिंह । तर, सिंहले १ करोड पारिश्रमिक लिँदा कपुरले भने २ करोड रुपैयाँ लिन्छन् । अभिनेत्री क्याट्रिना कैफले पनि पार्टीमा नाचेबापत १ करोड लिने गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *