राजपाको वैठकमा देशको राजधानी सार्ने प्रस्ताव, चितवन वा नवलपरासी उपयुक्त

काठमाडौं, साउन १८  । राष्ट्रिय जनता पार्टी नेपालको बुधबारबाट शुरु केन्द्रीय पदाधिकारी बैठकमा देशको राजधानी परिवर्तनको प्रस्ताव पेश भएको छ । बैठकमा सह महाचिव रमन पाण्डेयले देशको राजधानी काठमाडौंबाट सार्ने प्रस्ताव अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बुझाएका हुन् ।

पाण्डेले वर्तमान राजधानी काठमाडौं भौगोलिक रुपमा अनुपयुक्त स्थल रहेको भन्दै नयाँ नेपाल बनाउनका लागि चितवन वा नवलपरासीको क्षेत्रमा नयाँ राजधानी बनाउन राजपा लागिपर्नुपर्ने प्रस्ताव पेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *