चितुवाको छाला र हड्डीसहित गोंगबुको गेस्टहाउस एक पक्राउ

काठमाडौं, साउन १८ । कालीकोटको कालीकोट–पलाटा गाउँपालिका–८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

अवैध वन्यजन्तु चितुवाको छालाको कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा काठमाडौं महानगरपालिका–२६ गोंगबु–नयाँबसपार्कस्थित दिपशिखा सुर्खेत गेस्टहाउस एन्ड रेस्टुरेन्टको कोठा नम्बर २०५ मा रोकायाले बिक्री–वितरण गर्ने उद्देश्यले राखेको अवस्थामा संरक्षित चितुवाको छाला एकथान र हड्डी एक थानसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । रोकायालाई कारबाहीका लागि महाशाखाले बुधबार जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *