मुलुभर ७७ प्रतिशत धान रोपाई सकियो, सबैभन्दा बढी पहाडमा

काठमाडौं, साउन १८ । कृषि विकास मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार मुलुकभर ७७ प्रतिशत जमिनमा धान रोपिएको छ । सरकारले चालु  आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभर १५ लाख ५२ हजार हेक्टरमा जमिनमा धान रोप्ने लक्ष्य राखेकोमा सोमबारसम्ममा ७७.०३ प्रतिशत भूभागमा धान रोपिएको हो ।

तथ्यांक अनुसार ११ लाख ९५ हजार हेक्टर जमिनमा धान रोपेर सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको कृषि प्रसार निर्देशनालयका अनुसार हालसम्ममा मुलुकको मध्य पहाडमा सबैभन्दा बढी ८५.४३ प्रतिशत, उस्तैगरी उच्च पहाडमा ८५.१६ प्रतिशत र तराईमा ७३.५३ प्रतिश मात्र धान रोपिएको छ ।

त्यस्तै विकास क्षेत्रको आधार सबैभन्दा बढी सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा ९८.६६ प्रतिशत धान रोपिएको छ । त्यस्तै पश्चिमाञ्चल विकास क्षेत्रमा ८८.९० प्रतिशत, पध्य पश्चिमाञ्चल विकास क्षेत्रमा ७३.०१ प्रतिशत, पूर्वाञ्चल विकास क्षेत्रमा ६५.१९ र मध्यमाञ्चल विकास क्षेत्रमा ७३.५२ प्रतिशत धान रोपिएको छ ।

तराई क्षेत्रमा साउनभरी रोपाई हुने भएकोले हाल कम्ती देखिए पनि पछि बढ्ने धान विज्ञहरुले बताएका छन् ।

सरकारले चालु वर्ष ५४ लाख टन धान फलाउने घोषणा गरेको छ । सोही अनुसारले अझै पनि तराईका रोपाइ नभएका केही क्षेत्रहरुमा अध्ययन गरी रोपाईलाई अघि बढाउन अध्ययन टोलि बनाइ अध्ययन कार्य सुरु गरिसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *