साउनको तेस्रा हप्ता शुरु हुदा समेत तीस प्रतिशत मात्र धान रोपाई

लहान , साउन १८ । साउनको तेस्रो साता शुरु भई सक्दा पनि सिराहामा अझै पनि धाँन रोपाई सकिएको छैन । हरियाली धानखेत हुनु पर्नेमा यतिबेला बाँझो खेत चरचरी फाटेर कमिला हिडी रहेको देख्दा सिरहाका किसानहरु चिन्तित भएका छन् ।

६० हजार हेक्टर धान खेती योग्य जमिन रहेको सिरहा जिल्लामा साउनको तेस्रो हप्ता शुरु हुदा समेत १८ हजार हेक्टर जमिनमा मात्र धान रोपाई भएको जिल्ला कृषि बिकास कार्यलय सिरहाका बाली बिकास अधिकृत योगेन्द्र यादबले जानकारी दिनु भएको छ ।

गत बर्ष यतिबेला सिरहामा सत प्रतिशत धानखेती योग्य जमिनमा धान रोपाई भएको यादबले जानकारी दिनु भयो । सिरहामा कमला सिंचाई आयोजनाको एउटा सिंचाई परियोजना र साना सिंचाइ आयोजनाका अन्तर्गत केही डीप बोरिङ र स्यालो टुबेल परियोजना भएका ठाँउमा मात्र रोपाई भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *