व्यवस्थित सवारी पार्किङ स्थल नहुँदा कैलालीको धनगढीमा दुर्घटनाको जोखिम

कैलाली, साउन १८ । धनगढी बजारमा भइरहेको अव्यवस्थित सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको छ । सवारी पार्किङका लागि पर्याप्त ठाउँ नहुँदा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिनुले दुर्घटनाको जोखिम बढेको हो । धनगढीको सबैभन्दा व्यस्त क्षेत्र अस्पताल लाइन, एलएनचौक, बसपार्क लगायत हुन् । तिनै क्षेत्रमा व्यवस्थित पार्किङ छैन ।

जसले गर्दा आवतजावत गर्न नै अप्ठ्यारो भएको पैदलयात्री रमेश जोशीले बताउनुभयो । जथाभावी सवारी पार्किङले सडक दुर्घटनाको जोखिम त बढाएको छ नै, नगर क्षेत्रको सुन्दरतामा समेत ह्रास ल्याएको नगरबासीको भनाइ छ । सबैभन्दा भीडभाड हुने ठाउँमा व्यवस्थित पार्किङ नहुँदा सेवाग्राहीलाई सेवा लिन पनि समस्या भएको कञ्चनपुरबाट उपचारका लागि धनगढी आउनु भएका शिद्धराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *