निर्वाचनको मिति घोषणा गर्न पाउनुपर्ने आयोगको प्रस्तावप्रति सांसद सकारात्मक

काठमाडौं, साउन १८ । आगामी दिनमा निर्वाचनको मिति आफै घोषणा गर्न पाउनु पर्ने निर्वाचन आयोगको प्रस्तावमाथि अधिकांश सांसदहरुले सहमति जनाएका छन् । व्यवस्थापिका–संसद् अन्र्तगतको राज्य व्यवस्था समितिको आजको बैठकमा प्रमुख निर्वाचन निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने प्रस्ताब राख्नुभएको थियो । बैठकमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि सैद्धान्तिक छलफल शुरु भएको छ ।

निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्ने अधिकार नहुदा राजनीतिक दल र सरकारले मतदाताको भावना नबुझेर घोषणा गरिदिदा निर्वाचन प्रभावित हुदै आएको प्रमुख निर्वाचन आयुक्तको भनाई थियो । प्रमुख आयुक्त यादवको प्रस्ताबमा राज्य व्यवस्था समितिका धेरै सांसदले सकारात्मक जवाफ दिएका थिए । बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकको औचित्य, आवश्यकता र प्रत्यायोजित व्यवस्थापनको प्रावधानबारे समितिलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *