विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा ढिलाई नहुने

साउन १८, मकालु खबर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारमा अव ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । उपप्रधानमन्त्री महराले आफूले कार्यदल नै बनाएर विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको समस्याको पहिचान गर्न लगाएकाले अव उद्धार कार्य पनि तीव्र रुपमा अघि बढने बताएका हुन् ।

पछिल्लो समय परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरी विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धार कार्यमा सक्रियता बढाएको छ । उपप्रधानमन्त्री महराले विदेशमा अलपत्र परे सरकारलाई जानकारी दिन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे । सरकारले केही समय अघि उद्धार गरी नेपाल फर्काएकाहरुसँग बुधबार गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महराले विदेशमा काम गर्नेक्रममा भोगेका समस्याहरुबारे विस्तृत जानकारी लिनु भएको थियो ।

त्यस अवसरमा हालै कुवेतमा अलपत्र परेर परराष्ट्र मन्त्रालयले उद्धार गरेकी नुवाकोटकी सिता तामाङले आफूलाई नेपाल फर्काउन पहल गरेकोमा परराष्ट्रमन्त्री महरा प्रति आभार समेत व्यक्त गरेकी थिइन । तामाङ एक वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी थिइन । त्यहाँ मालिकको कुटाई सहन नसकेर भाग्दा उनको खुट्टा भाँचिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *