महिलाहरूले ब्रा फ्याँकेर गरे विरोध प्रदर्शन

साउन १८, मकालु खबर । हाल अान्दोलनकारीहरूले अनाैठा अनाैठा तरिकाले विरोध जनाउने गरेका छन् । त्यस्तै शैलीको प्रयोग अलग प्रान्त गोर्खाल्यान्डको माग राख्दै अान्दोलनरत पक्षले दार्जिलिङमा विरोध प्रर्दशन सुरु गरेका छन् । केही दिनअघि मिरिकका आन्दोलनकारीले नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकार विरुद्ध प्रतिकात्मक आन्दोलन गरेका थिए ।

खुकुरी जुलुस जस्ता अन्य विरोधका कार्यक्रम जारी रहेकै बेला कालिम्पोङका आन्दोलनमा महिलाहरुले मंगलबार सरकार विरुद्ध भित्री वस्त्र (ब्रा) फ्याँकेर विरोध प्रदर्शन गरेका छन् ।

ब्रा बोकेर आएका सयौं महिला आन्दोलनकारीको जुलुसलाई सुरक्षाकर्मीले जिल्लापालको कार्यालय अघि रोकेपछि महिलाहरूले ब्रा फ्याँकेर विरोध प्रदर्शन गरेका थिए । अनिश्चितकालीन बन्दको ५० दिन बित्न लाग्दा पनि केन्द्र र राज्य सरकारले चासो नदिएको भन्दै महिला आन्दोलनकारी ब्रा फ्याकेर विरोध गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =