चुनाव प्रचारमा हिंडेका भारतीय चालकको गाडीमै मृत्यु

मङ्सिर ४, काठमाडौँ । महोत्तरीमा चुनावी प्रचारमा रहेको एक भारतीय नम्बर प्लेटको जिपका चालक सोमबार बिहान मृत भेटिएका छन् । भारतको सितामढी जिल्ला पुपरी थाना निवासी अन्दाजी ४० वर्षीय चालक परशु राम मृत भेटिएका हुन् ।

 

प्रदेश नं. २ अन्तर्गत महोत्तरीको ३ ख प्रदेश सभाका स्वतन्त्र उम्मेदवार मोहम्मद मुजिवुल राईनको चुनावी प्रचारमा भारतबाट भाडामा लिइएको बीआर ३० पी १४९० नम्बरको सो बोलेरो जिप चालक मृत भेटिएका हुन् । जलेश्वर नगरपालिका ९ स्थित प्रकौली चौकमा जिपको ढोका मुनी उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

 

जिपका चालकले अत्यधिक मदिरा सेवन गरेको र मदिरा सेवन पछि सवारी लिएर जाँदै गर्दा बिच बाटोमा असहज भई पिसाव फेर्न निस्केका थिए । पिसाव फरेर जिपमा पुन बस्न खोज्दा नसकेर गेटमै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्वतन्त्र उम्मेदवार राईनले चालकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेकोले उसलाई यस अघि नै फिर्ता पठाएको तर आइतबार पुनः सवारी धनीले सोही चालकलाई पठाईदिएकोमा आफ्नै चालकले दिनभरि सवारी चलाएको र मध्यबिहानै कसैले नदेख्ने गरी मृतक भारतीय चालकले सवारी लगेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =