निर्वाचन क्षेत्र जाँदा पार्टीसँग समन्वय गर्न रास्वपाको निर्देशन
२०८३ साउन ५ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ।
मंगलबार महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन् । पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिच जीवन्त संवाद अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, सङ्गठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ’, विज्ञप्तिमा भनिएको छ ।

२०८३ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








