रास्वपामाथि ज्ञानेन्द्र शाहीको प्रहार: झूटले भ्रम फैलाउन सक्छ, तर सत्यलाई हराउन सक्दैन

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रास्वपा समर्थक तथा कार्यकर्तालाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन् ।

शाहीले आफ्नो बारेमा रोस्ट हान्न, गाली गर्न तथा नक्कली अश्लील भिडियोसमेत बनाउन चुनौती दिँदै त्यसो गर्न अझै बाँकी भए पूरा गर्न आग्रह गरेका छन् । उनले माइतीघर मण्डलामा केही व्यक्तिलाई उचालेर तमासा बनाउने काम पनि जारी राख्न व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो बारेमा रोस्ट हान, गाली गर । नक्कली अश्लील भिडियो बनाइसकेका छौ, अझै बनाउन बाँकी छ भने बनाउँदै गर्नुहोस् । यही कमेन्टमा आएर गाली गर्नुहोस्। माइतीघर मण्डलामा दुई–चार जनालाई उचालेर तमासा बनाउने काम पनि जारी राख्नुहोस् ।’

शाहीले केही समूहले नेपाली समाजलाई सजिलै भ्रमित गर्न सकिन्छ भन्ने सोच राखेको आरोप लगाउँदै सामाजिक सञ्जालका ‘लाइक’ र ‘भ्युज’बाट डलर कमाउने उद्देश्य रहेको दाबी पनि गरेका छन् ।

उनले सरकारलाई प्रश्न गर्नु नै अपराध ठान्ने मानसिकता रहेको आरोप लगाउँदै अन्ततः सत्यको जित हुने उल्लेख गरेका छन् ।

शाहीले लेखेका छन्, ‘याद राख–प्रचारको आयु छोटो हुन्छ, सत्यको यात्रा लामो । झूटले केही समय भ्रम फैलाउन सक्छ, सत्यलाई कहिल्यै हराउन सक्दैन। सत्य एक्लै भए पनि अन्तिमसम्म खडा हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =