काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोटका लागि ३५ जनाको दरखास्त स्वीकृत (सूची)

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको दरखास्त स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार दरखास्त स्वीकृतसम्बन्धी सूचना जारी गरेको छ ।

मन्त्रालयको सिफारिस समितिले ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्राप्त आवेदनहरूमध्ये योग्यता पुगेका ३५ जनाको दर्खास्त स्वीकृत गरेको हो ।

सुबोध शर्मा, रोजी श्रेष्ठ, शेषानन्द सञ्जेल, एकराज ओझा, राजेन्द्र ज्ञवाली, बाल चन्द्र लुइँटेल, मनिष पोखरेल, प्रचण्ड मान प्रधान, ऋषिकेश पाण्डे, समिर खरेल, सुनिल कुमार जोशी, निरञ्जन पराजुली, सागर राज शर्मा, कन्हैया झा, माधव लम्साल, धिरज गिरी, वेदमणि दाहाल, दयाराम पोखरेल, रबिन्द्र प्रसाद कायस्थ, हरिप्रसाद न्यौपानेको नाम सूचीमा स्वीकृत गरिएको छ ।

त्यस्तै, विकास नकर्मी, राजेन्द्र जोशी, भिम प्रसाद श्रेष्ठ, अच्युतप्रसाद वाग्ले, बिराज सिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजनभक्त कायस्थ, जनार्दन लामिछाने, बालकृष्ण बल र रामकृष्ण रेग्मी, ध्रुवप्रसाद गौचन, संजय नाथ खनाल, भुपाल गोविन्द श्रेष्ठ, रबिन्द्र विष्टको दर्खास्त स्वीकृत गरेको जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =