मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ ।

पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो ।

मनोनयन परेकामा अज्ञान (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), नेपाल समुदायका परम्परागत मृत्युगीत (वीणा जोशी (राजभण्डारी), परिधि (उमा सुवेदी) महायुग (सीमा आभास) सलह (श्रवण मुकारुङ), स्वप्नस्पर्श (डा नवराज केसी), हिउँद (नदीशा) रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =