जेनजी शहीद परिवार र घाइतेका लागि स्वीकृत प्याकेज शीघ्र कार्यान्वयन गरिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सरकारका सचिवहरूको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत एकीकृत प्याकेज कार्यान्वयन गर्ने गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को गत असार १८ गते बसेको बैठकले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो ।

सचिवहरूको बैठकको निर्णयमा भनिएको छ, ‘जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने ।’

सरकारले स्वीकृत गरेको उक्त प्याकेज कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =