मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
२०८३ असार ३२ गते

काठमाडौं । मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित दुईवटा विधयेक आज प्रमाणीकरण गरेका छन् ।
मधेस प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ र मधेस प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ प्रदेश प्रमुख कर्णले प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख कर्णले प्रदेशसभाबाट पारित दुवै विधेकहरु नेपालको संविधान २०७२ को धारा २०१ को (२) बमोजिम आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
२०८३ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








