भुटानी शरणार्थी प्रकरणः बेचन झा दुई वर्षपछि कारागारमुक्त
२०८३ असार ३१ गते

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन् । सबै कानुनी प्रक्रिया पूरा गरेपछि उनी बुधबार सुन्धारा कारागारबाट रिहा भएका हुन् ।
हिजो जिल्ला अदालत काठमाडौंले झालाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार जरिबाना सजाय निर्धारण गरेको थियो । तर उनी तोकिएको भन्दा बढी समय कारागारमा बिताइसकेकाले आज रिहा भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार उनलाई रिहा गर्नका लागि मंगलबार साँझ नै कारागार कार्यालयलाई पत्र लेखिएको थियो । झा २०८१ असार १४ गते पक्राउ परेका थिए ।
त्यसयता उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका थिए । कारागारबाट रिहा भएपछि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनी तारेखमा बस्नेछन् ।
२०८३ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








