रौतहटको गरुडामा एक युवकले पेट्रोल छर्केर गरे आत्मदाह प्रयास

काठमाडौँ । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन् ।

गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।

सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

जलेर घाइते भएका उनको ३१ प्रतिशत शरीर जलेको छ । थप उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =