अन्तरिम आदेश उल्लंघन गरेको भन्दै सम्पत्ति जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन

काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको भन्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।

रिट निवेदक डा. प्रेमराज सिलवालले आयोगका पदाधिकारीहरूले न्यायालयको आदेशविपरीत सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको निवेदन पेश गरेका हुन् ।

उनले सर्वोच्च अदालतले सबैका हकमा अन्तरिम आदेश जारी गरेको भए पनि आयोगले न्यायाधीश र सैनिक अधिकारीहरूको हकमा मात्रै लागू हुने गरी सूचना जारी गरेको दाबी गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अवहेलनासम्बन्धी निवेदन पेश भएको जानकारी दिए । उनले निवेदन एकल इजलासमा पेश हुने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताए ।

गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको काम कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म आयोगले कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न भनिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =