सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता
२०८३ असार २९ गते

गण्डकी । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।
सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ ।
महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पुर्याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।
उनले भने, ‘सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पुर्याउने गरेका छौँ ।’
गाई गोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ । गौशालामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशाला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।
२०८३ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








