ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा प्रमुख अमेरिकी सिनेटर लिन्डसे ग्राहमको ‘छोटो समय अचानक बिरामी’ परेपछि ७१ वर्षको उमेरमा निधन भएको उनको कार्यालयले आइतबार जानकारी दिएको छ ।

विदेश नीतिका कामका लागि परिचित ग्राहम इरानविरुद्धको युद्धका दृढ समर्थक मानिन्थ्यो र पछिल्ला वर्षहरूमा ट्रम्प तथा बाइडेन प्रशासनलाई रूसको आक्रमणविरुद्ध किएभ (युक्रेन) लाई समर्थन गर्न आग्रह गरेका थिए ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमको कार्यालयले सामाजिक सञ्जाल एक्समा उनको शनिबार साँझ निधन भएको पुष्टि गरेको छ । ग्राहमले बिहीबार मात्र ७१ वर्ष पूरा गरेका थिए । उनको ‘अचानक तर छोटो समय बिरामी’ भई निधन भएको हो ।

‘यो दुःखको कठिन समयमा दिवङ्गत सिनेटर ग्राहमको परिवारले प्रार्थनाको आह्वान गर्दै गोपनीयताका लागि अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
एनबीसी न्यूजका अनुसार शनिबार राति ग्राहमको क्यापिटल हिलस्थित निवासबाट ‘हृदयाघात’ को उपचारका लागि फोन आएपछि इमर्जेन्सी सेवाहरू तुरून्त उनको निवासमा पुगेका थिए ।

–श्रद्धाञ्जलि–

राष्ट्रपति ट्रम्पले आइतबार प्रभावशाली सिनेटरप्रति श्रद्धाञ्जली दिँदै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ‘सिनेटर लिन्डसे ग्राहम, मैले चिनेका सबैभन्दा महान व्यक्तिहरू र सिनेटरमध्ये एक हुनुहुन्थ्यो, उहाँ अब रहनुभएन ’

ट्रुथ सोसलमा अगाडि लेखिएको छ, ‘उहाँ सधैँ कर्तव्यनिष्ठासहित देश र देशबासीको हितका लागि काम गरिरहनुहुन्थ्यो । उहाँ एक सच्चा अमेरिकी देशभक्त हुनुहुन्थ्यो । लिन्डसेको निधनले अमेरिकी राजनीति र कुटनीतिका क्षेत्रमा ठूलो अभाव महसुस हुनेछ ।’

–राजनीतिक यात्रा–

सन् २०१६ मा ग्राहमले राष्ट्रपतिको उम्मेदवारी दिनुभएको थियो तर प्रतिस्पर्धामा सफलता प्राप्त हुन सकेको थिएन । त्यतिबेला उनले ट्रम्पलाई अमेरिकामा रहेका विदेशी मुलका समुदाय र अमेरिकामा बसोबास गर्ने नागरिकप्रति जातीय द्वेष फैलाउने धार्मिक कट्टरपन्थी नेताको संज्ञा दिएका थिए ।

सन् २०२१ को जनवरी ६ को क्यापिटल हमलापछि सम्बन्ध तनावपूर्ण भएको थियो । तर पछि ट्रम्पको दोस्रो कार्यकालमा उनीहरूको सम्बन्ध सुध्रियो र ग्राहमले ट्रम्पको पुनः निर्वाचनलाई समर्थन गरे ।

–महान् मित्रः नेतन्याहु–

ग्राहम इजरायलका बलिया समर्थक र इरानविरुद्ध कडा नीतिको पक्षधर थिए ।

उनले भने ‘ग्राहम इजरायल र मेरो एक महान मित्र हुनुहुन्थ्यो ।’

नेतन्याहुले भने ‘उहाँले इजरायल र अमेरिकाको सुरक्षा एकअर्कासँग अविभाज्य छ भन्ने बुझ्नुभएको थियो र आफ्नो जीवन अमेरिकाको रक्षा, गठबन्धन बलियो बनाउन र स्वतन्त्र संसारको लागि खडा हुन समर्पित गर्नुभयो ।’

–युक्रेन–

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्राहमसँग गत शुक्रबार मात्र किएभमा भेट भएको उल्लेख गर्दै उनको निधनप्रति दुःख व्यक्त गरे ।

‘रूसको युक्रेनमा गरेको पूर्ण आक्रमणका क्रममा ग्राहमले १० पटक युक्रेन भ्रमण गर्नुभएको थियो । अमेरिका र विश्वले एक दृढ कुटनीतिज्ञ र एक असल अमेरिकी राजनेता गुमाएको छ ।’

–भोन डेर लेयेन–

युक्रेन समर्थनमा उनको लडाइँको प्रशंसा गर्दै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले ग्राहमलाई एक ‘दृढ र निडर नेता’को संज्ञा दिएका छन् ।

दक्षिण क्यारोलिना गभर्नर हेनरी म्याकमास्टर ले ग्राहमलाई ‘अप्रतिस्थापनीय’ राजनीतिक नेता बताएका छन् । ‘साउथ क्यारोलिना र अमेरिकाका लागि उहाँ विरोधीहरूबीच सबैभन्दा उग्र लडाकु र मित्रहका लागि वफादार तथा अटल मित्र हुनुहुन्थ्यो,’ उनले एक्समा लेखेका छन् ।

पृष्ठभूमि

साउथ क्यारोलिनाको मध्य शहरमा हुर्केका ग्राहम सन् १९९४ मा पहिलोपटक अमेरिकी प्रतिनिधिसभा (सिनेट) मा निर्वाचित भएका थिए । उनी सन् २००२ सन् २००८, सन् २०१४ र सन् २०२० मा पुनः सिनेटर बनेका थिए । उनी सिनेटको बजेट समितिको अध्यक्षसमेत बनेका थिए ।

उनका आमाबाबुले रेस्टुरेन्ट चलाउँथे। उहाँ आफ्नो परिवारमा कलेज पढ्ने पहिलो व्यक्ति थिए भने पछि सेनामा वकिलको रूपमा काम गर्दै एयर फोर्स कर्नेलसम्म बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =