‘स्याल सिंह’को च्यारिटी शोबाट ‘द इनेट सोल’लाई आर्थिक सहयोग
२०८३ असार २८ गते

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ले असार २९ गते थाइल्यान्डको बैंककमा आयोजना हुने ‘द इनेट सोल’ समूहको सहभागिताका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले च्यारिटी शो सम्पन्न गरेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड अफ डान्स २०२६ संस्करणमा सहभागी हुन जाने उक्त समूहले यसअघि पनि आर्थिक सहयोगका लागि आह्वान गरेको थियो ।
सोही आह्वानलाई मध्यनजर गर्दै ‘एउटा कला समूहले अर्को कला समूहलाई मद्दत गर्नु कलाकर्मीको धर्म हो,’ भन्दै च्यारिटी शो आयोजना गरिएको थिएटरका अध्यक्ष अनिल सुब्बाले बताए ।
वर्ल्ड अफ डान्स नेपालको उपविजेता बन्दै बैंकक जान लागेको समूहमा मणिकुमार राई, मुस्कान राउत, रोशन खाती, रेनुका घर्ती मगर, लुनीभा महर्जन, प्रेमचन्द पाण्डे र प्रवृत्ति सुब्बा रहेका छन् ।
२०८३ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








