गणेश नेपालीलाई शहीद घोषणा गर्न अभियन्ता मिराज ढुङ्गानाको माग

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले महानगर प्रहरीसँगको विवादपछि आत्मादाहको प्रयास पछि ज्यान गुमाएका गणेश नेपालीलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

आज फेसबुकमार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै उनले नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् । ढुङ्गानाले गणेश नेपालीको घटना आत्महत्या नभई आत्मदाह भएको दाबी गर्दै यसलाई राज्यको नीतिप्रति गरिएको प्रतिरोधका रूपमा व्याख्या गरेका छन् ।

शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ । उनले नागरिकको आर्थिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै ल्याइएका नीतिका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

ढुङ्गानाले उक्त विधेयक सच्याएर जनतालाई अत्यधिक जरिवानाको भारबाट मुक्त गर्नुपर्ने र गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।

ढुंगानाले ट्राफिक जरिवाना सम्बन्धी विवादास्पद व्यवस्थाविरुद्ध गणेशले अन्तिम विद्रोह गरेको दाबी गर्दै नागरिकमाथि बढ्दो आर्थिक बोझ र राज्यको असंवेदनशील नीतिका कारण यस्तो अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

मिराज ढुंगानाले प्रस्तुत गरेका ६ आधारहरू:

१. गणेश नेपालीजीको आत्महत्या होइन, आत्मदाह हो। यी दुई शब्दमा धेरै अन्तर छ। ज्यानमा कसैले पेट्रोल छर्केर जीवन त्याग गर्छ भने, त्यो केवल जीवन त्याग मात्र होइन, सन्देश र सङ्केत पनि हो।
२. यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको अत्याचार ट्राफिक जरिवानाको प्रतिरोध हो र यो देशको राज्य पुराना सरकार लाचार भएर नागरिकले भोग्नु परेको दुखःको अन्तिम आवस्था थियो।
३. नेपाली जनताको आर्थिक जीवनस्तर नचिनी, महसुस नगरी जनभावना विपरीत ल्याइएको विधेयकको प्रतिरोधको प्रतीक हो यो आत्मदाह। त्यसैले यसलाई नीतिगत रूपमा सच्याएर राज्यलाई course correction तर्फ लैजान दबाब दिने कारक बनेको छ यो आत्मदाह।
४. यो विधेयक फिर्ता लिएर सच्याई नेपाली जनतालाई ज्यानमारा जरिवानाबाट मुक्त गर्दै गणेशजीलाई शहीद घोषणा गर्नुपर्छ। यो सामान्य मृत्यु होइन, राज्यलाई course correction गर्न बाध्य पार्ने ठूलो दबाब हो।
५. गणेशजीलाई शहीद घोषणा गरेपछि एउटा नजिर बस्छ—राज्य जनताबाट पर पुगेपछि नागरिक कति हदसम्म जान तयार हुन्छन् भन्ने। साथै, गरिब देशमा जरिवाना र दण्डसम्बन्धी नीति ल्याउनुअघि राज्य थप संवेदनशील बन्ने आधार पनि तयार हुन्छ।
६. आत्मदाह गर्ने सबैलाई शहीद घोषणा गर्नुपर्छ भन्ने होइन। तर राज्यको अत्याचारको प्रतिरोधमा कुनै व्यक्तिले कुनै विकल्प नदेखेर आत्मदाह गर्छ भने, त्यसलाई सन्दर्भ हेरेर मूल्याङ्कन गर्नुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =