५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण

काठमाडौं । व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको उद्देश्यसहित सर्लाहीको हरिवनमा मुर्रा क्रस भैँसी वितरण गरिएको छ ।

आज हरिवन नगरपालिकामा आयोजित कार्यक्रममा किसानलाई २३ वटा उन्नत जातको भैँसी वितरण गरिएको नगरपालिका पशु सेवा केन्द्रका डा महेशकुमार श्रेष्ठले जानकारी दिए ।

भैँसीले दैनिक १० लिटर बढी दूध दिने उनको भनाइ छ । कूल रु ४२ लाख लगानीमध्ये नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख हरिमाया घलानले बताए ।

नगरपालिकाले २२ वटा भैँसी स्थानीय व्यवसायीक फार्मलाई र एउटा सहकारी संस्थालाई प्रदान गरिएको नगरका सूचना अधिकारी लेखा अधिकृत प्रतीक कार्कीले बताए ।

पालिकाले स्थानीयस्तरमा नागरिकलाई स्वरोजगार र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख कमल बुडाथोकी (रमेश) को भनाइ छ ।

हरिवन नगरपालिका–५ का श्री राम पशु फर्म सञ्चालक राम पुनीत महतोले पशुपालन खर्चिलो बन्दै गएअनुसार आम्दानी नहुँदा किसानहरू मर्कामा रहको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =