राजपाल यादवलाई तीन महिना जेल सजाय

काठमाडौं। भारतको दिल्ली उच्च अदालतले बलिउड अभिनेता राजपाल यादवलाई तीन महिना जेल सजाय सुनाएको छ । यादव विरुद्ध दर्ता भएका चेक बाउन्सका सातवटा मुद्दामा यसअघि सुनाइएको सजायलाई उच्च अदालतले शुक्रबार सदर गरेको हो ।

न्यायाधीश स्वर्ण कान्ता शर्माको इजलासले प्रत्येक मुद्दामा राजपाल यादवलाई तीन–तीन महिनाको साधारण कैद सजाय सुनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि फेब्रुअरीमा अदालतले राजपाललाई आत्मसमर्पण गर्न आदेश दिएको भएपनि पछि उनको सजायमाथि अन्तरिम रोक लगाइएको थियो । शुक्रबारको आदेशअनुसार राजपालले प्रत्येक मुद्दामा उजुरीकर्तालाई १ करोड ५ लाख भारतीय रुपैयाँ तिर्नुपर्नेछ। साथै २५ हजार रुपैयाँ राज्यलाई पनि बुझाउन अदालतले निर्देशन दिएको छ । अदालतले सबै सजाय एकैसाथ कार्यान्वयन हुने आदेश दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =